वायर्नका लेवान्डोस्कीले पाए गोल्डेन बुट « Nagarik Khabar

वायर्नका लेवान्डोस्कीले पाए गोल्डेन बुट



एजेन्सी । वायर्न म्युनिखका स्ट्राइकर रोबर्टो लेवान्डोस्कीले जर्मन बुन्डेस लिगा फुटबलको गोल्डेन बुट (सुनको जुत्ता) जितेका छन् ।

लेवान्डोस्कीले लगातार दोस्रो सिजन गोल्डेन बुट जितेका हुन् । उनले समग्रमा चौंथो पटक यस अवार्ड हात पारेका हुन् ।

वायर्नलाई बुन्डेस लिगाको उपाधि दिलाउन मुख्य भूमिका खेलेका लेवान्डोस्कीले यस सिजन सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेका हुन् ।

उनलेले यस सिजन २२ गोल गरे । र, लेवान्डोस्की बोरुसिया डर्टमण्डका पाको अल्कासर भन्दा ४ गोलले अघि रहे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: