पहिलो सिजनमा नै रोनाल्डो ‘प्लेयर अफ दि सिजन’ « Nagarik Khabar

पहिलो सिजनमा नै रोनाल्डो ‘प्लेयर अफ दि सिजन’



एजेन्सी । युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो इटालियन सिरी ‘ए’ फुटबलमा यस सिजन ‘प्लेयर अफ दि सिजन’ बनेका छन् ।

पोर्चुगलका रोनाल्डो इटाली आएको पहिलो सिजन नै प्लेयर अफ दि सिजन चुनिएका हुन् ।

युभेन्ट्सलाई सिरी ए को उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डो प्लेयर अफ दि सिजन बनेका हुन् । रोनाल्डोले यस सिजन २१ गोल गरेका थिए ।

यस्तै गोलकिपर अफ दि इयर इन्टर मिलानका सामिर हाण्डनोभिक, डिफेन्डर अफ दि सिजन कालिदोउ काउलिबली भए ।

त्यस्तै सेर्गिज साभिक मिडफिल्डर अफ दि सिजन, फाबियो स्ट्राइकर अफ दि सिजन र निकोलो जानिओला युवा खेलाडी बन्न सफल भए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: