एट्लेटिको मड्रिड छाडेर कहाँ जाँदैछन् ग्रिजम्यान ? « Nagarik Khabar

एट्लेटिको मड्रिड छाडेर कहाँ जाँदैछन् ग्रिजम्यान ?



एजेन्सी । एट्लेटिको मड्रिडका फरवार्ड एन्टोनीयो ग्रिजम्यानले क्लबबाट शनिबार राति अन्तिम खेल खेले ।

लिग चरणको अन्तिम खेल गेटाफेविरुद्ध मैदान उत्रदै ग्रिजम्यानले क्लबबाट अन्तिम खेल खेलेका हुन् । खेलमा एट्लेटिको २ २ गोलको बराबरीमा रोकिएको थियो ।

फ्रान्सका फरवार्ड ग्रिजम्यानले सिजनको अन्त्यसंगै क्लब छाड्दै छन् ।

तर, ग्रिजम्यानको विदाई खेल यादगार रहेन । खेलको दौरान आफ्नै क्लबका समर्थकले ग्रिजम्यानविरुद्ध नारा लगाएका थिए ।

ग्रिजम्यानको मजाक उडाउँदै समर्थकहरुले मैदानबाट बाहिर जान (आउट,आउट) भन्दै नारा लगाएका थिए ।

ग्रिजम्यान बार्सिलोना जाने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: