केन्द्रीय सदस्यको कार्यविभाजन र पोलिटव्यूरो गठनबारे छलफल हुँदै « Nagarik Khabar

केन्द्रीय सदस्यको कार्यविभाजन र पोलिटव्यूरो गठनबारे छलफल हुँदै



 
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पोलिटव्यूरो गठन लगायत पार्टी एकिकरण प्रकृयालाई अन्तिम रुप दिन अहिले ११ बजे प्रधानमन्त्री निवास वालुवाटारमा सचिवालयको बैठक बस्दैछ । सो बैठकमा पोलिटव्यूरो गठन तथा पार्टीका विभिन्न विभागको जिम्मेवारी र केन्द्रीय सदस्यहरुको कार्यविभाजनबारे छलफल हुनेछ ।

‘पार्टी पोलिटब्यूरोको गठन, केन्द्रीय नेताहरुको कार्यविभाजन लगायतका विषयमा बैठक हुन लागेको हो’, सचिवालय स्रोतले भन्यो । पार्टी एकता सम्पन्न भएको ठीक एक बर्षपछि नेकपाले जनवर्गीय संगठनको एकता टुङ्ग्याएपनि अझै विभाग, मोर्चा र आयोगहरुको एकता हुन बाँकी छ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ३ का सबै जिल्ला कमिटिको एकता घोषणा आज हुने भएको छ । ललितपुरमा आज दिउसो प्रदेश ३ अन्र्तगत एकिकरण भएका जिल्ला कमिटिको अध्यक्ष सचिवसहित सबै सदस्यहरुको नामवली घोषणा गर्ने कार्यक्रम रहेको छ । काठमाडौ, ललितपुर भक्तपुर, मकवानपुर लगायतका ३ नं प्रदेशका नेता कार्यकर्तालाई आज सपथ ग्रहणको कार्यक्रम रहेको प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले जानकारी दिइन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: