नेकपाको सचिवालय बैठक स्थगित « Nagarik Khabar

नेकपाको सचिवालय बैठक स्थगित



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पोलिटव्यूरो गठन लगायत पार्टी एकिकरण प्रकृयालाई अन्तिम रुप दिन अहिले ११ बजे बस्ने भनिएको सचिवालयको बैठक स्थगित भएको छ । पोलिटव्यूरो गठन तथा केन्द्रीय सदस्यहरुको कार्यविभाजन र पार्टीका विभिन्न विभागको जिम्मेवारी बाँडफाँडबारे छलफल गर्न बस्ने सो बैठक शीर्ष नेताहरुले नभ्याएका कारण स्थगित भएको हो ।

अहिले ११ बजे बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको पार्टी अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले बताए । पार्टी एकता सम्पन्न भएको ठीक एक बर्षपछि नेकपाले जनवर्गीय संगठनको एकता टुङ्ग्याएपनि अझै विभाग, मोर्चा र आयोगहरुको एकता हुन बाँकी छ ।

 सचिवालयको स्थगित बैठक आजै दिउँसो चार बजे बस्ने वा अर्को दिनका लागि सर्ने भन्ने टुंगो लागिनसकेको नेताहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: