टिपर दुर्घटनामा दुई जनाको मृत्यु « Nagarik Khabar

टिपर दुर्घटनामा दुई जनाको मृत्यु



उलदयपुर । सिद्धिचरण लोकमार्गाको कटारी–घुर्मी खण्डमा पर्ने खानीडाँडामा टिपर दुर्घटन हुँदा दुई जनाको मृत्यु भएको छ।

आज बिहान कटारी नगरपालिका–१४ घुर्मी खानीडाँडामा ना ७ ख ७००० नम्बरको टिपर अनियन्त्रित भई दुर्घटना हुँदा सहचालकसहित दुई जनाको घटना स्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा सहचालक सिन्धुली दुधौली नगरपालिका–११ का २० वर्षीय लीलाबहादुर सार्की र टिपरमा सवार कटारी नगरपालिका–५ भोर्लेका ३० वर्षीय डिकबहादुर बुढाथोकीको रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: