सरकार अधिनायकवादतर्फ उन्मुख भयो : कांग्रेस नेता यादव (भिडियो कुराकानी) « Nagarik Khabar

सरकार अधिनायकवादतर्फ उन्मुख भयो : कांग्रेस नेता यादव (भिडियो कुराकानी)



काठमाडौं । नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताएका छन् । उनले सरकारकै कारण लोकतन्त्रमाथि प्रहार भएको, लोकतन्त्र कमजोर भएको र संविधान कार्यान्वयनमा समेत फितलो भएको आरोप लगाएका छन् ।

आज विहान नागरिक खबरसँग विशेष कुराकानी गर्दै नेता यादवले वर्तमान सरकार न्यायपालिकालाई पनि कसरी कमजोर बनाउन सकिन्छ भने लागिरहेको आरोप लगाए । ‘सरकारका अलोकतान्त्रिक चरित्रका कारण अधिनायकवादतर्फ उन्मुख भएको छ यसका विरुद्ध नेपाली कांग्रेस जनताको माझमा गएको हो जनतालाई सही सूचना दिने र सरकारका अलोकतान्त्रिक चरित्रविरुद्ध जनमत सिर्जना गर्नेछ’, नेता यादवले भने ।

भिडियो हेर्नुहोस्ः

कम्युनिष्टहरुले यो मुलुकलाई कतातिर लगेका छन्,जनताको हितमा कति काम गरिरहेका छ भन्ने बारेमा जनतालाई जानकारी गराइरहेको पनि उनको भनाई छ । ‘राजनीति एक दिनको लागी मात्रै गरिदैन पार्टी एक दिनको लागी स्थापना भएको हुदैन’, यादवले भने । अहिले कांग्रेस प्रतिपक्षमा भए पनि भोलि सरकारमा हुनसक्ने उनको दाबी छ ।

‘भगवान राम १४ बर्ष बर्ष वनबास जाँदा एकथरीले अर्को भाइलाई राजा बनाउने कुरा थियो, राम वनबास नगएको भए दानवहरुको अन्त्य हुने थिएन भन्ने अर्कोथरीको कुरा थियाे । अहिले यस्तै भएको हो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: