४० प्रतिशत आत्महत्या सामाजिक सञ्जालको दुरुपयोगका कारण: (भिडियोसहित) « Nagarik Khabar

४० प्रतिशत आत्महत्या सामाजिक सञ्जालको दुरुपयोगका कारण: (भिडियोसहित)



काठमाडौं । नेपाल प्रहरीको पछिल्लो अध्ययनले हत्या, हिंसा तथा बलात्कारजन्य घटनाको दर उल्लेख्य सख्यामा बढ्दै गएको देखाएको छ ।
काठमाडौंमा आईतबार आयोजित समुदाय–प्रहरी साझेदारी विषयक अन्र्तरक्रियामा महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले यस्तो बताएका हुन ।


उनले गाँजा चरेस सेवन लगायत सामाजिक विकृति, समाजिक सञ्जालको बढ्दो दुरुपयोग लगायत कारणले हिंसाजन्य घटनामा वृद्धि गरेको बताए । हत्या, हिंसा र बलात्कारका घटना गत सालको भन्दा दोब्बर वृद्धि भएको बताएका छन् । ‘ निर्मला पन्त प्रकरणपछि नागरिक समाज, अधिकारका क्षेत्रमा काम गर्ने लगायतबाट जनचेतनाका थुप्रै कार्यक्रम भईरहेको भएपनि त्यस्ता घटना बढ्दै जानु सुरक्षाकर्मीका लागि पनि चुनौतिको विषय बनेको छ’,उनले भने ।

उनले पछिल्लो समय पेशेवर अपराधीबाट हुने अपराध भन्दा सामाजिक विकृतिको कारणले श्रृजित अपराध बढेको बताए । उनले ५ सय वटा हत्याका घटनामा गरेको विश्लेषणमा १ सय ५३ वटा घटनामा श्रीमान्ले श्रीमतीको हत्या गरेको र ३० वटा घटनामा श्रीमतीले श्रीमानको हत्या गरेको पाईएको बताए । सामाजिक सञ्जालको दुरुपयोगले पनि हत्या हिंसाका घटना बढाएको अध्ययनले देखाएको छ । उहाँले ४० प्रतिशत आत्महत्या सामाजिक सञ्जालको दुरुपयोगका कारण भएको पाईएको दावी गरे ।

बलात्कारजन्य घटनाको प्रवृत्तिमा पनि फरक आएको बताउदै पछिल्लो समय बलात्कारजन्य घटनामा ६४ प्रतिशत पीडित १८ बर्ष भन्दा मुनिका बालिका भएको र उनीहरु घरपरिवार, नातागोता, छिमेकी , सहकर्मी , शिक्षक लगायतबाट नै बलात्कृत हुने गरेको बताए । उनका अनुसार यसअघि १६ बर्ष भन्दा माथिका उमेर समुहका बालिकामाथि बलात्कार दर बढ्दो थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: