काठमाडौँ प्रहरीलाई स्थानीयको ध्यानाकर्षण « Nagarik Khabar

काठमाडौँ प्रहरीलाई स्थानीयको ध्यानाकर्षण



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका दुईवडाका स्थानीयले आइतबार  प्रहरीको ध्यानाकर्षण गरेका छन् । काठमाडौँ महानगरपालिका वडा नम्बर २८ र २९ का स्थानीयले शान्ति सुरक्षा प्रभावकारी हुन नसकेको भन्दै महानगरीय प्रहरी परिसर काठमाण्डौको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत आइतबार काठमाडौँको कालिकास्थानमा आयोजित अन्तरक्रियामा स्थानीयले सामुदायिक प्रहरी टोलटोलमा स्थापना भए पनि चोरीका घटना नियन्त्रण हुन नसकेको गुनासो गरेका हुन् ।

स्थानीयले जनताको प्रत्यक्ष सरोकार राख्ने खानेपानीको सुविधा, सडक मर्मत, फोहर सङ्कलन, मनपरी ट्याक्सी भाडा लिने ट्याक्सी चालक तथा सडक दुर्घटनाका विषयमा गुनासो गुनासो गरेका छन् ।

टोलवासीको सुरक्षाको लागि सिसी क्यामेरा राख्नुको साथै ज्येष्ठ नागरिकका बारेमा पनि विवरण सङ्कलन गरी उनीहरूको स्थिति सार्वजनिक गर्न माग गरे । वडावासीले प्रहरी साझेदारी कार्यक्रमको क्षेत्राधिकार पनि स्पष्ट पार्न माग गरे ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले शान्ति सुरक्षा लगायत सार्वजनिक सरोकारका विषयमा संञ्चालिन कार्यक्रम प्रभावकारी बनाउन प्रहरीले विद्यालय, समुदाय र सङ्घसंस्थासँग मिलेर काम गरिरहेको भन्दै सामुदायिक कार्यमा सहभागी बन्न सबैलाई आव्हान गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: