बैतडीमा जिप दुर्घटना : तीनको मृत्यु, तीन जना घाइते « Nagarik Khabar

बैतडीमा जिप दुर्घटना : तीनको मृत्यु, तीन जना घाइते



बैतडी । दशरथचन्द नगरपालिका–११ नानीगाडमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको छन् ।

आइतबार दिउँसो देहिमाण्डौबाट गिरिगाडा जाँदै गरेको म १ ख ४९२१ नम्बरको जिप दुर्घटना भएको हो । उक्त जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दशरथचन्द नगरपालिका–१० का अन्दाजी ४५ वर्षीय हीराबल्लभ भट्ट र करिब ६५ वर्षीया नरुली भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डिएसपी नेत्रमणि गिरीले जानकारी दिए । मृतक अर्का एकजना पुरुषको सनाखत भएको छैन ।

घाइते रहेका चालकसहित तीन जनालाई जिल्ला अस्पताल बैतडी पठाइएको डिएसपी गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: