UPDATE : त्रिशूलीमा बस खस्दा मृत्यु हुनेको संख्या आठ पुग्यो « Nagarik Khabar

UPDATE : त्रिशूलीमा बस खस्दा मृत्यु हुनेको संख्या आठ पुग्यो



धादिङ । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको रात्री बस धादिङको आदमघाटबाट त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

प्रहरीका अनुसार पाँच जनाको घटना स्थलमै र तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौँको थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, चन्द्रागिरीका ३६ वर्षीय सीता थपलिया, इलाम कन्यामका २० वर्षीय बिशाल गिरी, धादिङ बेनिघाट रोराङ गाउँपालिकाका ४३ वर्षीय राजन आचार्य रहेका छन्। अन्यको सनाखत हुन बाँकी छ ।

आईतबार विहान काकडभिट्टाबाट काठमाडौ आउँदै गरेको ना ७ ख ४३८७ नं को यात्रुबाहक बस बिहान ६ बजे गजुरी गाउँपालिका ६ बन्छेटारबाट त्रिशुलीमा खसेर दुर्घटनामा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: