एउटै चलचित्रका लागि धेरै पारिश्रमिक लिने पाँच बलिउड नायिका « Nagarik Khabar

एउटै चलचित्रका लागि धेरै पारिश्रमिक लिने पाँच बलिउड नायिका



एजेन्सी । भारतीय चलचित्र उद्योग बलिउडका नामले चिनिन्छ । भारतीय चलचित्र उद्योग नेपालमा मात्र होइन संसार भर चर्चित छ । यो चलचित्र उद्योग संसारकै ठुलो चलचित्र उद्योगमा पर्छ ।

बलिउडमा वार्षिक २ हजारको हाराहारीमा चलचित्र निर्माण हुन्छन् । आज हामीले बलिउडका चर्चित नायिका जसले धेरै पारिश्रमिक लिन्छन्, उनीहरूका बारेमा जानकारी प्रस्तुत गर्दैछौं । एउटा चलचित्रका लागि सर्वाधिक पारिश्रमिक लिने नायिकाहरू ।

१. कङ्गना रणावत: कङ्गना रणावत बलिउडमा सर्वोत्कृष्ट नायिकामा पर्छिन् । तीन पटक राष्ट्रियस्तरको पुरस्कार प्राप्त गरेकी उनले सबैभन्दा धेरै रकम चलचित्र माणिकर्निकामा पारिश्रमिक लिएकी छन् । उक्त चलचित्रबाट उनले १५ करोड भारतीय रुपैयाँ प्राप्त गरेकी हुन । चलचित्रमा उनी झाँसीकी रानीको भूमिकामा छन् ।

 

२. दीपिका पादूकोण: पादूकोण अहिलेसम्म भारतीय चलचित्रका लागि दोस्रो धेरै रकम लिने नायिका हुन् । उनले पद्यावत चलचित्रका लागि १४ करोड भारतीय रुपैयाँ लिएकी थिइन् । 

३.प्रियङ्का चोपडा: प्रियङ्का चोपडा बलिउडकै हट नायिका हुन । उनी बलिउडमा मात्र नभएर हलिउडमा समेत चर्चामा हुन्छिन् । उनी बलिउडमा एउटै चलचित्रका लागि सर्वाधिक रकम लिने नायिकाको सूचीमा तेस्रो स्थानमा छन् । उनले १३ करोड पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

४.करिना कपुर: करिना कपुर बलिउडमा दुई दशकदेखि क्रियाशील छन् । उनले अहिलेसम्म सबैभन्दा धेरै एउटा चलचित्रका लागि ११.५ करोड रुपैयाँ पारिश्रमिक लिएकी छन् । करिनाले रणवीर सिंह र अक्षय कुमारसँग अभिनय गरेका चलचित्र चर्चामा छन् ।

५.कट्रिना क्याफ: कट्रिना क्याफ पनि बलिउडमा एउटै चलचित्रका लागि धेरै रकम लिने नायिकाको सूचीमा छन् । सुन्दर नायिकाको रूपमा बलिउडमा उनलाई उदाहरण दिने गरिन्छ । उनले एउटा चलचित्रका लागि ११ करोड भारतीय रुपैयाँ लिने गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: