काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा ट्राफिक नियम परिवर्तनको तयारी गरेको छ । महानगरीय ट्राफिक महाशाखाले मोटरसाइकलको पछाडि बस्ने व्यक्तिले पनि हेलमेट लगाउनुपर्ने व्यवस्था लागू गर्न लागेको छ ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्तकुमार पन्तले पत्रकार सम्मेलन गरेर सवारी दुर्घटना न्यूनिकरणका लागि मोटरसाइकलको पछाडी बस्नेले पनि हेलमेट लगाउनु पर्ने व्यवस्था लागू गर्न लागिएको जानकारी दिए ।
ट्राफिक प्रहरीले पछिल्लो समय दुई पांग्रे सवारीका कारण दुर्घटनाको हुने क्रम बढेकाले नयाँ सवारी ऐनमा यस्तो प्रावधान राख्न लागिएको जनाएको छ । हेलमेटको पनि गुणस्तर निर्धारण गरिएको छ । आईएसओ मान्यता प्राप्त हेलमेट मात्र प्रयोग गर्न पाईने व्यवस्था गर्न लागिएको उनले बताए ।