यूरोपेली देश अष्ट्रियाबाट २६ जना सगरमाथा आरोही « Nagarik Khabar

यूरोपेली देश अष्ट्रियाबाट २६ जना सगरमाथा आरोही



काठमाडौं । यूरोपेली मुलुक अष्ट्रियाबाट २६ जनाले नेपालको सगरमाथाको सफल आरोहण गरेको तथ्याङ्क सार्वजनिक भएको छ । सगरमाथा दिवसको अवसरमा अष्ट्रियामा आयोजना हुने विशेष समारोहको तयारीका क्रममा नेपाली राजदूतावास भियनाले संकलन गरेको तथ्याङ्क अनुसार २६ जना अष्ट्रियाका नागरिकले सगरमाथाको सफल आरोहण गरेको फेला परेको हो ।

सगरमाथा दिवसको अवसरमा अष्ट्रियाको टिरोल प्रान्तको राजधानी इन्सब्रुकमा मे २९ मा सगरमाथा दिवस समारोह आयोजना हुँदैछ । यो विभिन्न कीर्तिमानी आरोहीको जन्मस्थान समेत हो । सगरमाथा दिवस विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ उपस्थित हुने कार्यक्रम तय भएको छ । कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत लगायत नेपाली टोली समेत सहभागि हुनेछ ।

सगरमाथा दिवस समारोहमा पहिलो पटक अक्सिजन बिनानै सगरमाथाको आरोहण गर्ने अष्ट्रियाका पिटर ह्याबलरले सगरमाथा आरोहण तथा नेपालको पर्वतारोहणका विषयमा आफ्नो अनुभव प्रस्तुत गर्ने छन् । कार्यक्रममा अर्का अष्ट्रियाली कीर्तिमानी सगरमाथा आरोही उल्फगांग नायर्ज र जोसेफ आइनवाल्नरले समेत कार्यक्रममा आफ्नो धारणा राख्ने तयारी छ ।

उपराष्ट्रपति पुन अष्ट्रिया पुगेको अवसरमा नेपाली दूतावासले सगरमाथा विशेष कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा अष्ट्रियाका सबैजसो सगरमाथा आरोहीले भाग लिनेछन् । दूतावासको सम्पर्कमा २६ जना रहेपनि त्यो भन्दा बढीले सगरमाथाको सफल आरोहण गरेको अनुमान गरिएको छ ।

अष्ट्रिया मध्य यूरोपको एक भूपरिवेष्ठित देश हो । यसको राजधानी भियना हो । यहाँको मुख्य कार्यकारी भाषा जर्मन हो । देशको धेरैजसो भाग आल्प्स पर्वतले ढाकिएको छ । अष्ट्रियाको उत्तरमा जर्मनी र चेक गणराज्य, पूर्वमा स्लोवाकिया र हंगेरी, दक्षिणमा स्लोभेनिया र इटली तथा पश्चिममा स्विटजरल्याण्डसंग सीमा जोडिएको छ ।

अष्ट्रियामा यूरोपेली मुद्रा यूरो प्रचलनमा छ । यहाँको जनसंख्या ८५ लाख रहेको अनुमान गरिएको छ भने प्रतिव्यक्ति आय ३२ हजार ९ सय ६२ अमेरिकी डलर रहेको छ ।

सगरमाथाको सफल आरोहण गर्नेको अष्ट्रियाका नागरिकहरु  

Mr.

Schauer Robert

Mr.

Nairz Wolfgang

Mr.

Habeler Peter

Mr.

Ölz Oswald

Mr.

Diemberger Kurt

Mr.

Hinding Sepp

Mr.

Fritsche Theo

Mr.

Gatt Stefan

Mr.

Gatt Erich

Mr.

Fasching Wolfgang

Mr.

Koller Paul

Mr.

Noichl Markus

Mr.

Goger Johann

Mr.

Laserer Walter

Mr.

Winkler Gerhard

Mr.

Stangl Christian

Mr.

Wolf Herbert

Ms.

Kaltenbrunner Gerlinde

Mr.

Studer Wilfried

Ms.

Studer Claudia

Ms.

Studer Sylvia

Ms.

Derfeser Andrea

Mr.

Holzer Andy

Mr.

Klocker Wolfgang

Mr.

Einwaller Josef

Mr.

Hauer Rupert

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: