श्रममन्त्री सीमित व्यक्तिको इसारामा वैदेशिक रोजगार व्यवसाय धरासायी बनाउन लाग्नुभो : अध्यक्ष गुरुङ (भिडियो) « Nagarik Khabar

श्रममन्त्री सीमित व्यक्तिको इसारामा वैदेशिक रोजगार व्यवसाय धरासायी बनाउन लाग्नुभो : अध्यक्ष गुरुङ (भिडियो)



काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको जेठ ३ गते भएको बृहत भेलाले सरकारविरुद्ध अर्को आन्दोलनको घोषणा गरेको थियो । यो आन्दोलनमध्येमा एक सातासम्म वैदेशिक रोजगार सेवा बन्द गर्नेछ । आफूले गर्दै आएको सेवा बन्द गरेर वैदेशिक रोजगार व्यवसायीले सरकारलाई दवाव दिन चाहेका छन् ।

त्यसैगरी, ५० लाख रुपैयाँ धरौटी रकमको व्याजको व्यवस्था हुनुपर्ने अर्को माग छ । यी र यस्तै माग राख्दै वैदेशिक रोजगार व्यवसायीहरु आन्दोलनमा छन् । तर, सरकार भने एकपछि अर्को गरी वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित गर्ने भन्दै कसिला ऐन कानुन ल्याइरहेको छ । जसका कारण व्यवसायीहरु क्रोधित बनेका छन् ।

विगतमा जस्तै व्यवसायीहरुको आन्दोलनबाट सरकार पछि हट्ने अपेक्षा गरिएको हुनसक्छ । धरौटी रकम केही कम राखेपनि व्यवसाय भने दिनदिनै बन्द हुने स्थितिमा पुगेको भन्दै व्यवसायीहरु चिन्तित बनेका छन् । सरकारको नयाँ नीतिका कारण व्यवसायीहरु धरासायी बनेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले बताए । उनले भने– ‘मन्त्रीज्यू सीमित व्यक्तिको कुरा सुनेर व्यवसाय धरासायी बनाउनतिर लाग्नुभयो ।’

सरकारले व्यवस्थित गर्ने नाममा कस्दै जाने हो भने व्यवसाय धरासायी बन्ने उनको तर्क थियो । हजारौं नेपाली युवाहरु वैदेशिक रोजगारीमा रहेकाले उनीहरुको सुरक्षाका लागि पनि वैदेशिक रोजगार व्यवसायीहरु सहुलियत दिनुपर्ने उनको भनाइ छ । ‘कि त यो सरकारले सबै कामदारको सुरक्षा गरोस, होइन भने अनावश्यक कस्ने काम गर्नु हुँदैन’ उनले भने ।

हेर्नुहोस अध्यक्ष गुरुङसँगको भिडियो कुराकानी: 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: