महासंघको आन्दोलनमा प्रगतिशील पत्रकार संघको ऐक्यवद्धता « Nagarik Khabar

महासंघको आन्दोलनमा प्रगतिशील पत्रकार संघको ऐक्यवद्धता



काठमाडौं । प्रगतिशील पत्रकार संघ नेपालले नेपाल पत्रकार महासंघले घोषणा गरेको दोस्रो चरणको आन्दोलनमा सक्रिय सहभागि हुन सबैलाई आग्रह गरेको छ । संघको तर्फबाट अध्यक्ष नारायण शर्माले आइतवार एक विज्ञप्ती निकालेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिने गरी सरकारद्वारा संसदमा दर्ता गरिएको मिडिया काउन्सिल सम्बन्धी विधेयकका विरुद्धमा महासङ्घले घोषणा गरेको दोस्रो चरणको आन्दोलनमा सक्रिय सहभागिताका लागि सबैलाई आग्रह गरेका हुन् ।

संघले निकालेको विज्ञप्तीमा भनिएको छ ‘नेपाल पत्रकार महासङ्घले घोषणा गरेको दोस्रो चरणको आन्दोलनका कार्यक्रमप्रति प्रगतिशील पत्रकार सङ्घ नेपाल दृढ समर्थनका साथ ऐक्यबद्धता प्रकट गर्दछ र घोषित आन्दोलनका कार्यक्रमहरुलाई सफल पार्न सम्पूर्ण रूपले लागि पर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।’
महासङ्घद्वारा घोषित दोस्रो चरणको आन्दोलनको कार्यक्रमलाई मद्दत पुग्ने गरी एकल रूपमा वा पाँच सङ्गठनहरु मिलेर बनाइएको “संयुक्त पत्रकार सङ्घर्ष समिति” का तर्फबाट पनि थप सङ्घर्षका कार्यक्रमहरु ल्याउने घोषणा पनि शर्माले गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: