एसिड पीडित जेनीलाई आनीको साथ, उपचारका लागि ५० हजार सहयोग (भिडियोसहित) « Nagarik Khabar

एसिड पीडित जेनीलाई आनीको साथ, उपचारका लागि ५० हजार सहयोग (भिडियोसहित)



काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले पछिल्ला तीन वर्षमा महिला हिंसाका घटनामा ९७ प्रतिशत सफलता प्राप्त गरेको दावी गरेको छ । तर, महिला हिंसाका घटना घटेको पाइएको छैन ।

गत बुधबार राति काठमाडौंको कालोपुलमा २० वर्षीया जेनी खड्कामाथि एसिड प्रहार भयो । आफ्नै पति विष्णु भुजेलको एसिड आक्रमणमा परेकी जेनी गम्भीर घाइते भएकी छन् । उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

आर्थिक अवस्था कमजोर भएकी घाइते जेनीलाई गायिका तथा समाजसेवी आनी छोइङ डोल्माले अस्पताल पुगेर ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेकी छिन् । गत शनिबार समाजसेवी उज्ज्वल थापा जेनीलाई भेट्न पुग्दा उनले आनी छोइङलाई भेट्ने इच्छा व्यक्त गरिन् । थापाले उक्त सन्देश आनीसम्म पुर्‍याएपछि उनी अस्पताल पुगेकी हुन् ।

आनीलाई अस्पतालको शय्यामा रहेकी जेनी भक्कानिइन् । उक्त दृश्यले आनीले मन पग्लियो । उनले जेनीलाई सुम्सुम्याइन् ।

महिलामाथिको हिंसाको मुख्य जड नेपाली समाजमा विद्यमान लैंगिक विभेद भएको आनीको बुझाइ छ । महिलाहरुले पनि आफै दोषी भएको स्वीकार गर्ने परिस्थिति अर्को समस्या रहेको बताइन् । यस्ता घटनामा दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने उनको माग छ ।

पचारबाट बञ्चित हुँदैन : थापा

समाजसेवी उज्ज्वल थापाले आर्थिक अभावककै कारण जेनी उपचारबाट बञ्चित नहुने बताएका छन् । उपचारका लागि केही रकम अस्पतालमा बुझाइसकेको र जेनीको आमाको नाममा बैंक खाता खोलेर उपचारमा लाग्ने खर्च जुटाउने थापाले बताए ।

शनिबार जेनीलाई भेट्न पुगेका थापा आइतबार आनी छोइङका साथ पुनः अस्पताल पुगे । विश्वमा धेरै तेजाव प्रहार हुने शहरहरुमा अहिले त्यहाँका कानुनका कारण निर्मुल झै भएको उनले बताए । तर, नेपालको सरकारले केही गर्न नसकेको उनको गुनासो छ ।

यस्ता अपराधमा संलग्न व्यक्mिलाई जन्मकैदको सजाय हुनुपर्ने उनको माग छ । यदि अहिले नै यो कम गर्न सकिएन भने यसले अझ विकराल रुप लिने उनको बुझाइ छ ।

पीडित अभियन्ता

चार वर्षपहिले २०७१ फागुन १० गते ट्युसन सेन्टर जाँदै गरेका सीमा बस्नेत र संगीता मगरमाथि जीवन बिकले एसिड आक्रमण गरे ।

संगीताले प्रेम अस्वीकार गरेको प्रतिशोधमा जीवनले एसिड आक्रमण गरेका थिए । उनी एसिडपीडितमध्येकी संगीता अहिले आफुजस्तै एसिडपीडितका लागि साहार बनेकी छिन् । उनी एसिडपीडितको उद्धार र उपचारमा खटिएकी छिन् ।

कारबाहीको माग

जेनीकी आमा कमलाका अनुसार आक्रमण एक्लैले गरेको होइन । एक्लो व्यक्तिले त्यति ठूलो आक्रमण गर्न नसक्ने उनको अनुमान छ ।

कमलाले ती आक्रमणकारीहरुलाई कठोर कारवाही हुनुपर्ने माग गरिन् । आर्थिक अवस्था कमजोर रहेकाले छोरीको उपचारका लागि रकम जुटाउन गाह्रो परेको उनले बताइन् ।

जेनीको उपचारका लागि उनको आमाको नाममा बैंक खाता खोलिएको छ । इन्भेष्टमेन्ट बैंक लिमिटेडको नाममा खोलिएको खातामा सहयोग उपलव्ध गराउन अभियन्ताहरुले अनुरोध गरेका छन् ।

Bank Details-

Investment Bank Ltd

Kamala Chhan Khadka

05205030255325

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: