गृह सल्लाहकार ‘पथिक’का कारण नेकपाको जिल्ला एकतामा समस्या ! « Nagarik Khabar

गृह सल्लाहकार ‘पथिक’का कारण नेकपाको जिल्ला एकतामा समस्या !



काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार सूर्य सुवेदी ‘पथिक’का कारण नेकपाको प्रदेश ३ का चितवन र ललितपुरमा पार्टी एकता रोकिएको छ । दुवै जिल्लामा आइतबार जिल्ला कमिटीका सदस्यको नाम टुङ्गो लगाउने भनिएपनि पथिकको अडानका कारण पार्टी एकताले मूर्तरूप पाउन सकेन ।

पूर्वमाओवादी भित्र कुरा नमिल्दा चितवन र ललितपुरमा समस्या भएको हो । बैठकमा सहभागी एक जिल्ला स्तरीय नेताले पथिकका कारण दुई जिल्लामा समस्या परेको बताए । उनले भने ‘पूर्व बादल समूह वा अन्य नाममा पथिक जीले पत्नी आकांक्षालाई अगाडी सार्नु भयो । तीन जना थप्ने सहमति विपतरित आकांक्षाले १५ जनाको नाम लिएर आएपछि समस्या भयो । पार्टी एक भएको अवस्थामा व्यक्ति-व्यक्तिका लागि कोटा छुट्टाउनु गलत हुन्छ ।’

ललितपुरमा पनि पूर्व बादल समूहका नाममा कोटा माग भएपछि एकता प्रक्रिया टुंगो लाग्न नसकेको ती नेताले जानकारी दिए । नेकपाका केन्द्रीय नेता पथिकले आफूलाई बादलपछिको नेताको रूपमा स्थापित गर्ने भन्दै जिल्ला-जिल्लामा आफ्ना लागि कोटा छुट्टाउनु पर्ने दबाब दिएका छन् । ललितपुर र चितवनको विवाद पथिककै कारण भएको पूर्वमाओवादीका एक नेताले भनेका छन् ।

काभ्रेमा पनि पूर्व एमालेभित्र विवाद देखिएपनि त्यहाँ पनि पार्टी भित्रको समूहका नाममा राजनीति गर्दा समस्या भएको स्रोतको दाबी छ । नेकपाको प्रदेश ३ कमिटीले ललितपुर, चितवन र काभ्रेबाहेकका जिल्ला कमिटीको एकता भने टुङ्गो लगाएको छ । अब विवादित जिल्लामा बहुमतका आधारमा निर्णय हुने स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: