लुकीछिपी मायामा चोपेन्द्र र सुरबिना (भिडियो) « Nagarik Khabar

लुकीछिपी मायामा चोपेन्द्र र सुरबिना (भिडियो)



काठमाडौं । हरेक दिन नयाँ गीत सङ्गीत र नयाँ अनुहार नेपाली म्युजिक भिडियोमा भित्रिरहेका छन्। म्युजिक, मोडलिङ र मुभीमा केही गर्ने रहर , सपना बोकेर आउनेहरूले नयाँ टेस्टका गीत र भिडियो, डिजिटल बजारमा सार्वजनिक गरिरहेका छन्।

कला र सङ्गीतमा फरकपन र नयाँ एक्सपेरिमेन्ट गर्न रुचाउने आजको पुस्ताले गर्दा गीत गायन देखि भिडियो मेकिङ्गमा निकै परिवर्तन आएको छ । गीतहरू थिममा बन्न थालेका छन् भने गीतमा कथा भन्न खोज्ने शैलीले गर्दा भिडियो ५ मिनेटको सिनेमा हेरे जस्तै लाग्छ ।

रिलिज भएको ‘लुकिछिपी किन मायामा’ बोलको गीतको भिडियोमा हामीले छोडेर आएको पुरानो गाउँले जीवनलाई पुनस जीवित बनाउन खोजिएको छ। भिडियोमा लगभग ९० को दशकमा हाम्रो गाउँ घरमा गुज्रिने गरेका जीवन, माया प्रेम , खेलकुद, कृषिकर्म लाई साधारण तवरमा प्रस्तुत गर्नको लागि ठुलो मिहेनत गरेको प्रस्ट देखिन्छ।

गीतमा शब्द , सङ्गीत , स्वर गणेश सेन्चुरीको रहेको छ भने कोविद बज्रले म्युजिक एरेन्ज गरेका हुन् । भिडियोमा बुलबुल फिल्मबाट चर्चामा आएका नायक चोपेन्द्र भुषाल (मुकुन भुषाल), नायिका सुरबिना कार्की मनिष तामाङ र अनु काफ्लेको अभिनय देख्न सकिन्छ। भिडियोलाई निशल पौडेलले छायाङ्कन गरेका हुन् भने , भीम विश्वकर्माले भिडियो सम्पादन गरेका हुन् । नवीन चौहानको निर्देशन र कन्सेप्टमा भिडियो तयार भएको हो । भिडियोलाई आर्टमान्टु नेपालले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: