पोर्चुगलमा बुद्ध जयन्ती मनाइयो « Nagarik Khabar

पोर्चुगलमा बुद्ध जयन्ती मनाइयो



लिस्वोन । पोर्चुगलको राजधानी लिस्वोनमा धर्म लामा गुरुहरूद्वारा विधिवत पूजा गरी एक बृहत् शान्ति ¥याली सहित बुद्ध जयन्ती मनाइएको छ ।
लिस्वोनका लागि नेपाली अवैतनिक बाणिज्यदूतको कार्यालय तथा पर्यटन दूत रमेश कुमार गुरुङ, चेम्बर अफ कमर्सका प्रतिनिधि शम्भु गौतम, गैर आवासीय नेपाली सङ्घ, आदिवासी जनजाति महासङ्घ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाली नारी समाज, तमु समाज, तामाङ समाज, शेर्पा एसोसिएसन लगायतका सङ्घ संस्थाको सहभागिता थियो ।
कार्यक्रममा मगर समाज, बाग्लुङ्ग समाज, तनहुँ समाज, विहुँकोट सहयोग नेटवर्क, म्याग्दी समाज ९मोना०, किराँत याक्थुङ्ग चुम्लुङ्ग, महिला समाज, लगायतका विभिन्न सङ्घ संस्थाका ब्यानर, बुद्धका तस्बिर सहित बुद्धका विभिन्न वाणीहरू लिखित प्लेकार्ड सहित राजधानी लिस्वोनको प्रासा दि कर्मेसियोबाट सुरु गरिएको उक्त शोभा यात्रा मार्टेमुनिज पार्कमा समापन गरिएको थियो ।
हरेक वर्ष बुद्ध पूर्णिमाका दिन मनाईदै आएको बुद्ध जयन्ती कार्यक्रममा आयोजक तथा लिस्वोनका लागि नेपाली अवैतनिक वाणिज्य दूत मकरबहादुर हमाल, नेपाली पर्यटन दूत रमेश कुमार गुरुङ, गैर आवासीय नेपाली सङ्घ,पोर्चुगलका अध्यक्ष कुवेर कार्की र आदिवासी जनजाति महासङ्घ पोर्चुगलका कार्यवाहक अध्यक्ष राजेन्द्र शेर्पाले कार्यक्रममा उत्साहजनक सहभागी जनाउने विभिन्न सङ्घ संस्था लगायत सम्पूर्ण नेपाली तथा विदेशी नागरिकलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: