झमेलामा थिंक ट्यांक « Nagarik Khabar

झमेलामा थिंक ट्यांक



काठमाडौ । सरकारले मुलुकका विभिन्न महत्वपूर्ण विषयमा अनुसन्धानका लागि स्थापना गरेको नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष चैतन्य मिश्रले पदबाट राजीनामा गरेका छन्। परराष्ट्र मामिला, सुरक्षा र विकासलगायतका विषयमा अध्ययन अनुसन्धान गर्न स्थापना भएको प्रतिष्ठानले राम्रोसँग काम सुरु नगर्दै अध्यक्षले राजीनामा गरेका हुन्।

मिश्रको राजीनामासँगै प्रतिष्ठानको भविष्य र प्रभावकारितामाथि नै प्रश्न उठेको छ। सरकारले विगतमा पनि परराष्ट्र अध्ययन प्रतिष्ठानलगायतका विभिन्न अनुसन्धान मुलक संस्था स्थापना गरेको थियो। त्यस्ता संस्था प्रभावकारी हुन नसकेपछि नीति अनुसन्धान प्रतिष्ठानको प्रभावकारिताको विषयमा पनि सुरुमै प्रश्न उठेको थियो।

सरकारले हस्ताक्षेप नगर्नेगरी मन्त्रिपरिषद् बैठकबाट विषयगत विज्ञलाई प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरिएकाले यसले प्रभावकारी काम गर्ने अनुमान गरिएको थियो। तर, प्रतिष्ठानका अध्यक्ष मिश्रले प्रशासनिक झन्झट कारण देखाउँदै राजीनामा बुझाएका छन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकासित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: