बर्डफ्लु संक्रमित क्षेत्रमा जान डराए स्वास्थ्यकर्मी « Nagarik Khabar

बर्डफ्लु संक्रमित क्षेत्रमा जान डराए स्वास्थ्यकर्मी



काठमाडौं । बर्डफ्लु संक्रमणबाट पहिलोपटक मानिसको ज्यान गएपछि स्वास्थ्यकर्मी नै प्रभावित क्षेत्रमा जान डराउन थालेका छन । गत १५ चैतमा बर्डफ्लुका कारण काभ्रेका २१ वर्षीय युवकको मृत्यु पुष्टि भएपछि सर्वसाधारणसँगै चिकित्सक पनि डराएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
कुखुरा मार्न र औषधिका लागि खटाइएका स्वास्थ्यकर्मी पनि हच्किन थालेको महाशाखा प्रमुख डा. विवेक लालले बताए । ‘विगतमा बर्डफ्लुका विषयमा कसैले चासो राख्दैनथे । मानिसकै मृत्यु भएपछि प्रत्यक्ष वा अप्रत्यक्ष जानकारी लिनेहरू बढेका छन् । संक्रमित क्षेत्रमा खटिन स्वाथ्यकर्मी पनि असहज मान्न थालेका छन,’ उनले भने ।

नेपालमा बर्डफ्लु देखिएको १० वर्ष भएको छ । पहिलोपटक ०६५ मा झापाका कुखुरामा देखिएको थियो । सन् १९९६ मा बर्डफ्लु (एचफाइभएनवन) भाइरस पत्ता लागेको थियो । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार यो भाइरसबाट सन् २००३ यता विश्वभर आठ सय ६० मानिस संक्रमित भएकोमा चार सय ५४ को ज्यान गएको छ । यो समाचार आजको नयाँ पत्रिकामा प्रकासित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: