आज मेघ गर्जन सहित हल्का वर्षा ! « Nagarik Khabar

आज मेघ गर्जन सहित हल्का वर्षा !



काठमाडौं । काठमाडौ उपत्यका लगायतका भूभागमा आज दिउँसो सामान्यता मौसम सफा रहेपनि एकदुई स्थानमा हल्का बर्षा हुने संभावना रहेको छ । मौसम पूर्वानुमान शाखाका अनुसार दिउँसो देशभरको मौसम सामान्यतया सफा रहेता पनि दिउसो वा साँझ पहाडी भेगमा आंशिक देखि सामान्य वदली रही एकदुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ तीन दिनको मौसम सम्बन्धी विवरणः

जेष्ठ ०६ गते (सोमवार)

दिउँसो देशभरको मौसम सामान्यतया सफा रहेता पनि दिउसो वा साँझ पहाडी भेगमा आंशिक देखि सामान्य वदली रही एकदुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ। रातिदेशका पहाडी भूभागमा आंशिक बदलि रही बांकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ ।

जेष्ठ ०७ गते (मङ्गलबार)

दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि र बाँकी भूभागमा मौसम सामान्य तया सफा रहने सम्भावना छ । देशका पहाडी भूभाग लगायत पूर्वी तराईका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
राति देशका पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जेष्ठ ०८ गते (बुधबार)

दिउँसो देशको पूर्वी तथा पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि र बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पहाडी भूभाग लगायत पूर्वी तराईका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति देशका पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: