काठमाडौंको टोखामा गोली चल्योः आठ ठाउँ डकैती गर्ने ‘काले’पक्राउ « Nagarik Khabar

काठमाडौंको टोखामा गोली चल्योः आठ ठाउँ डकैती गर्ने ‘काले’पक्राउ



काठमाडौं। सर्वाधिक खोजीको सूचिमा रहेको एक डाँकालाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । काठमाडौँको टोखाबाट काले भनिने विष्णु तामाङलाई प्रहरीले गोली हानी पक्राउ गरेको हो । डाँकालाई गोली हानी प्रहरीले पक्राउ गरेको छ ।
डकैतीमा संलग्न तामाङलाई पक्राउ गर्न गएको टोलीलाई हतियार देखाएपछि आफूहरुले घुँडामुनि गोली हान्न बाध्य भएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको महाशाखाका प्रवक्ता केदार ढकालले जानकारी गराए ।
सिन्धुपाल्चोकको मेलम्चीका तामाङ विभिन्न ८ ठाउँमा डकैती गरेको आरोपमा २०७२ सालमा ६ वर्ष जेल सजाय पूरा गरि छुटेका थिए । त्यसपछि पनि उनले सात ठाउँमा डकैती गरेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: