आदिवासी जनजाती महासंघ,पोर्चुगलको अध्यक्षमा गुरुङ्ग « Nagarik Khabar

आदिवासी जनजाती महासंघ,पोर्चुगलको अध्यक्षमा गुरुङ्ग



पोर्चुगल । आदिवासी जनजाती महासंघ, पोर्चुगलको अध्यक्षमा हेम गुरुङ्ग चयन भएका छन । महासंघको पाँचौ अधिवेशनले आगामी दुइ वर्ष (२०१९— २०२१) का लागि गुरुङ्गको अध्यक्षतामा १७ सदस्सीय कार्यसमिति चयन गरेको हो । सो कार्यसमितिको तीन उपाध्यक्षमा रिपुजङ्ग लिम्वु, देब श्रेष्ठ, निमल्हमु शेर्पा चयन भएका छन् । त्यसैगरी महासचिवमा सुवाश पुन मगर, सचिवमा मिङ्गमा शेर्पा(बादल), कोषाध्यक्षमा जानकी दोङ्ग लामा र सह कोषाध्यक्षमा सुर्य बहादुर थापा चयन भएका छन् ।

महासंघको सदस्यहरुमा फुर्वा शेर्पा,रोहित जिमी याक्ख्या, प्रेम लिम्बू, राज लिम्बू, रविन तामाङ्ग, सुवाश तामाङ्ग,शान्ति गुरुङ्ग,काजीमान श्रेष्ठ र पूजा श्रेष्ठ चयन भएका छन् । अध्यक्ष गुरुङ्ग अघिल्लो कार्यसमितिमा २ वर्ष उपाध्यक्ष भै काम गरेका थिए भने अन्य पदाधिकारी सबै नयाँ चयन भएका छन् । पोर्चुगलको राजधानी लिस्वोन स्थित एभरेष्ट रेष्टुरेण्टको सभाहलमा सम्पन्न भएको महासंघको पाँचौ अधिवेशनका प्रमुख अतिथि गैर आवासीय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय परिषद पोर्चुगलका सदस्य पेम्वा शेर्पाले नयाँ  पदाधिकारीहरुलाई सपथ गराएका थिए।

कार्यवाहक अध्यक्ष राजेन्द्र शेर्पाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा तमू समाज,मगर समाज,तामाङ्ग समाज लगाएतका मातृ संस्थाका अध्यक्षहरु प्रितम गुरुङ्ग,चोपकुमार राना मगर र सनिता ब्लोन तामाङ्ग लगायतले महासंघका विभिन्न गतिविधिबारे धारणा राख्दै नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए । कार्यक्रममा निवर्तमान कोषाध्यक्ष तारा गुरुङ्गले आर्थिक प्रतिवेदन र निवर्तमान महासचिव मदन लिम्बूले संस्थाको प्रगति प्रतिवेदन पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: