ऐश्वर्य बालगृहमा प्रहरीले जवर्जस्ती छापा मारेको भन्दै महासंघको आपत्ति « Nagarik Khabar

ऐश्वर्य बालगृहमा प्रहरीले जवर्जस्ती छापा मारेको भन्दै महासंघको आपत्ति



काठमाडौं । ऐश्वर्य बालगृहमा प्रहरीले जवर्जस्ती छापा मारेको भन्दै विषयमा बालगृहहरुको महासंघ नेपालले गम्भीर ध्यानार्षण भएको जनाएको छ । आइताबार पे्रश विज्ञप्ति जारी गर्दै जिम्मेवार निकायहरुले नै छापामार शैलीमा जवरजस्ती बालबालिकाहरुलाई उनीहरुको इच्छा विपरीत स्थान्तरण गरेको भन्दै आपत्ति जनाएको हो । सो महासंघले बालबालिकको अधिकार हनन् तथा बालअधिकारको क्षेत्रमा आतंक नफैलाउन सरकारसँग माग गरेको छ ।

ऐश्वर्य बालगृह महासंघको सदस्य संस्था नभएपनि त्यो घटना प्रत्यक्ष बालबालिकासँग सरोकारको विषय भएकोले सो घटनाको छानविन गरी कानुन बमोजिम कारवाही गर्न समेत माग गरेको छ । त्यहाँबाट लगिएका बालबालिकाहरु कुन अवस्थामा छन त्यसको सार्वजनिक गर्न महासंघले आग्रह गरेको । काठमाडौको सुकेधारामा रहेको ऐश्वर्य बालगृहमा गत जेठ १ गते प्रहरीले छापा मारेको थियो । सो बालगृहमा प्रहरीले छापा मार्दा बालबालिकाहरुलाई अवस्था बिजोग रहेको भन्दै सञ्चालकलाई पनि प्रहरीले पक्राउ गर्न खोजेको थियो ।

विकट जिल्लाहरु हुम्ला, डोल्पा, रसुवा र नुवाकोटका ११८ जना बालबालिकालाई ज्यादै नाजुक अवस्थामा राखिएको प्रहरीले जनाएको थियो ।तर महासंघले त्यस विषयलाई उद्धारका नाममा प्रहरीले छापामार शैलीमा गाडीमा राखेको भन्दै आपत्ति जनाएको छ । महासंघ अन्तर्गत नेपाल भरका ३ सय ८५ बालगृहहरु आवद्ध छन । केन्द्रीय बालकल्याण समिति,बालबालिका खोजतलास केन्द्र १०४, महानगरीय प्रहरी वृत्त महाराजगन्ञ्जले गत जेठ १ गते एक सय १८ जना बालबालिकाको उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: