यातायात व्यवस्था विभागको सर्भरमा समस्याः लाइसेन्स वितरण र नवीकरणको काम ठप्प « Nagarik Khabar

यातायात व्यवस्था विभागको सर्भरमा समस्याः लाइसेन्स वितरण र नवीकरणको काम ठप्प



काठमाडौं । यातायता व्यवस्था विभाग ललितपुरको सर्भरमा समस्या आउँदा चालक अनुमति पत्र वितरण र नवीकरणको काम अवरुद्ध भएको छ । नयाँ अनुमति पत्रका लागि फारम भर्ने र नवीकरण गर्नेहरु विहानैदेखि यातायात कार्यालयमा लाईन लागेपनि उनीहरुले चालक अनुमति पत्र पाउन सकेका छैनन ।
सेवाग्राहीहरु सर्भरले काम नगरे पनि कर्मचारीले काम गर्ने आशामा रहेका छन् । यस्तो समस्या भने पहिलोपटक देखिएको हैन । सर्भरकै समस्याका कारण सेवाग्राहीहरू पटकपटक चर्को मारमा पर्दै आएका छन् । झन्डै १५ दिनको अवधिमा यस्तो समस्या देखिने गरेकोछ । तर विभागले यो समस्यालाई समाधान गर्न चासो नदिएको सेवाग्राहीले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: