अपराध अनुसन्धान विभाग नेतृत्वविहीन, दरबन्दी नभएको स्थानमा एआइजीलाई काज सरुवा « Nagarik Khabar

अपराध अनुसन्धान विभाग नेतृत्वविहीन, दरबन्दी नभएको स्थानमा एआइजीलाई काज सरुवा



काठमाडौं । नेपाल प्रहरीको कार्य एवं अपराध अनुसन्धान विभाग नेतृत्वविहीन भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी रहेको सो विभाग केही दिनदेखि नेतृत्वविहीन भएको हो ।विभागका प्रमुख एआइजी पुस्कर कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज सरुवा गरेपछि सो विभाग प्रमुखविहीन भएको हो । प्रतिष्ठानबाट सरुवा गरिएका अर्का एआइजी धिरु बस्न्यातलाई कार्यविभागमै दरबन्दी रहनेगरी डिआइजीको दरबन्दी भएको राष्ट्रिय सुरक्षा परिषदमा काज पठाइएको छ । हाल त्यहाँ डिआइजी शेरबहादुर बस्नेत कार्यरत छन् । डिआइजी बस्नेतलाई त्रिभुवन विमानस्थल सुरक्षा गार्डको प्रमुख भएको दुई महिनामै त्यहाँ सरुवा गरिएको थियो ।

प्रहरी प्रधान कार्यालयअन्तर्गतका पाँच विभागमध्ये अपराध अनुसन्धान विभाग मुख्य जिम्मेवारी भएको विभाग हो । समाजमा हुने अपराधिक कृयाकलाप रोक्ने, अनुसन्धान गर्ने, जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिहरुको सुरक्षा गर्ने, ट्राफिक समस्या समधान गर्ने विभागको मुख्य जिम्मेवारी हो । सो विभागमा अपराध अनुसन्धानको क्षेत्रमा दक्ष मानिएका प्रहरी अधिकृतहरुको दरबन्दी रहेको हुन्छ ।

प्रहरी प्रधान कार्यालयअन्तर्गतका पाँच विभागमध्ये अपराध अनुसन्धान विभाग मुख्य जिम्मेवारी भएको विभाग हो । समाजमा हुने अपराधिक कृयाकलाप रोक्ने, अनुसन्धान गर्ने, जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिहरुको सुरक्षा गर्ने, ट्राफिक समस्या समधान गर्ने विभागको मुख्य जिम्मेवारी हो । सो विभागमा अपराध अनुसन्धानको क्षेत्रमा दक्ष मानिएका प्रहरी अधिकृतहरुको दरबन्दी रहेको हुन्छ ।

यसका साथै विभागले आफू मातहतका कार्यालयहरुलाई प्रहरी परिचानसम्बन्धी निर्देशन, नियन्त्रण, सुपरिवेक्षण गरेर प्रभावकारी रुपमा अनुगमन गर्दछ । देशका सशस्त्र, निशस्त्र वा राजनीतिक समूहहरुको सूचना संकलन गरी हुनसक्ने खतराको समेत यसले पूर्वानुमान गरी प्रहरी परिचालन गर्दछ । यस्तो संवेदनशील विभागमा जिम्मेवारी लिने नेतृत्व नभएको सो विभागमा कार्यरत कर्मचारीको गुनासो छ ।

हाल डिआइजी सूर्य उपाध्यायलाई निमित्त प्रमुख बनाइएको छ । तर अनुसन्धानसँग सम्बन्धित निर्णय गर्नुपरे प्रहरी महानिरीक्षकको सचिवालयमा पुग्नुपर्ने अवस्था छ । प्रधान कार्यालय स्रोतले भन्यो, ‘कार्य तथा अपराध अनुसन्धान विभागमा कसैलाई पनि जिम्मेवारी नदिंदा काम प्रभावित हुनसक्छ ।’

सो विभागले राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीको औपचारिक तथा अनौपचारिक कार्यक्रम, निवास तथा कार्यालय सुरक्षाको व्यवस्थापन गर्दछ । विदेशी राष्ट्राध्यक्ष, सरकार प्रमुख, मन्त्री, राजदूत तथा अन्य पदाधिकारीहरु नेपाल भ्रमणमा आउँदा सम्बन्धित निकायहरुसँग प्रत्यक्ष सम्पर्क तथा समन्वय राखी विमानस्थल, सवारी रुट, निवासस्थान र समारोह स्थलको सुरक्षा व्यवस्थाका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विशिष्ट व्यक्तिहरुका लागि व्यक्तिगत सुरक्षा अधिकृत (एकाइ) माग भएमा खतराको मूल्यांकन गरी व्यक्तिगत सुरक्षा व्यवस्था मिलाउने काम कार्य विभागकै हो । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका सभा, सम्मेलन, गोष्ठी, प्रदर्शनी, महोत्सव आदिमा खतराको मूल्यांकन गरी सुरक्षा व्यवस्था मिलाउने जिम्मेवारी पनि सोही विभागको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: