२६ बर्षकी सेलेनाले बिहे गर्दैछिन् ६८ वर्षिय बिल मुर्रेसँग « Nagarik Khabar

२६ बर्षकी सेलेनाले बिहे गर्दैछिन् ६८ वर्षिय बिल मुर्रेसँग



एजेन्सी । चर्चित गायिका ताथ नायिका सेलेना गोमेजले ‘द डेड डोन्ट लाइ’ का सहकर्मीसँग आफूले विवाह गर्न लागेको बताएकी छिन् ।

सेलेनाले ‘द डेड डोन्ट लाइ’का सहकर्मी बिल मुर्रेसँग विवाह गर्न लागेको खुलासा इन्टाग्राममार्फत् गरेकी हुन् ।

सेलेना कान्स फिल्म फेस्टिबल सहभागी भएकी थिइन् । पहलिोपटक कान्सको रेड कार्पेटमा हिँड्दाको अनुभव उनले सामाजिक सञ्जालमार्फत शेयर गरेकी छिन् । उनले लेखेकी छिन्, ‘म यो फिल्मको सदस्य हुन पाउँदा निकै भाग्यमानी महसुस गरिरहेकी छु । अँ साँच्ची, म र बिल मुर्रे विवाह गर्दैछौं ।’

६८ वर्षे बिल मुर्रेले गोमेजसँग कानेखुसी गरिरहेको देखेपछि यी दुईको प्रेम सम्बन्धबारे समाचार प्रकाशित भएका थिए । उनीहरु एक–अर्काको हात समातिरहेको पनि देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: