काठमाडौं । चर्चित डान्सर तेरिया मगरले आफ्नो गायन कला पनि सार्वजनिक गरेकी छिन् ।
रुपन्देही रुद्रपुरकी उनलाई धेरैले तेरिया भनेर चिनेपनि उनको पूरा नाम तेरिया फौजा मगर हो ।
भारतीय रियालिटी शो ‘डान्स इन्डिया डान्स’ र ‘झलक दिखलाजा’ विजेता टेरिया डान्समा मात्रै सिमित छैनन ।
डान्सका साथै उनी गायन क्षेत्रमा पनि अब्बल गायिका बन्दै गैरहेकी छिन् । ‘तिम्रो मायाँले बाँधेर राख मलाई’ बोलको गीतमा टेरियाले कभर्ड सङ गाएकी हुन् ।