सार्वजनिक यातायातमा थप प्रहरी परिचालन « Nagarik Khabar

सार्वजनिक यातायातमा थप प्रहरी परिचालन



काठमाडौं । सार्वजानिक यातायातमा महिलामाथि हिंसा हुन नदिन प्रहरीले आगामी दिन थप विशेष टोली परिचालन गर्ने भएको छ । गत वर्ष उपत्यकाभित्रका बढी चाप हुने मार्गका सार्वजानिक बस तथा माइक्रोबसमा विशेष प्रहरी परिचालन गरिएकामा सार्वजनिक बसमा यात्रा गरेका महिलामाथि हिंसा गर्ने २४३ लाई विशेष टोलीले पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले सो स्थानमा अगामी दिन थप प्रहरी परिचालन गरिने जानकारी दिए ।

उनले पछिल्लो समय सामाजिक सञ्जालका कारण उत्पन्न साइबर अपराध नियन्त्रण गर्न प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा ‘साइबर ब्युरो’ स्थापना भएको जानकारी दिँदै सो ब्युरोले अपराध नियन्त्रणमा प्रभावकारी कामसमेत गरेको जिकिर गरे । पछिल्लो समयमा साइबर अपराधमा किशोरकिशोरी र युवायुवतीको बढी संलग्नता देखिएको उल्लेख गर्दै उनले कम उमेरका आफ्ना छोराछोरीलाई सामाजिक सञ्जालबाट टाढा राख्न अभिभावकलाई सुझाव दिए ।

नयाँ बानेश्वर प्रहरीवृत्तका प्रमुख प्रहरीनायब उपरीक्षक गोविन्दराज काफ्लेले साइबर अपराध, लागुपदार्थ दुर्व्यसन अन्त्य, सडक सुरक्षाका लागि समुदाय सचेत भई अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: