संसारका साना पाँच देश (फोटोसहित) « Nagarik Khabar

संसारका साना पाँच देश (फोटोसहित)



एजेन्सी । संयुक्त राष्ट्रसंघमा १९३ देश आवद्ध छन् । द होलि सि र स्टेट अफ प्यालेस्टाइन राष्ट्रसंघमा आवद्ध छैनन् । पृथ्वीमा रहेका १९५ देश मध्य भौगोलिक रुपमा सबैभन्दा साना ५ देशका बारेमा हामीले आज जानकारी प्रस्तुत गरेका छौं ।
 
१.भ्याटिकन सिटी: संसारको सबैभन्दा सानो देश भ्याटिकन हो । यसलाई पवित्र दृश्य पनि भनिन्छ । भ्याटिकन सिटीले जम्मा सून्य दशमलब ४४ वर्ग किलोमिटर मात्र क्षेत्रफल ओगटेको छ । भ्याटिकन सिटि इटालीको राजधानी रोम नजिक पर्छ र यसलाइ क्याथोलिक चर्चको केन्द्र मानिन्छ।

यो संसारको सबैभन्दा ठूलो चर्च पनि हो ।विश्रभरि छरिएर रहेका १ अर्ब भन्दा बढि रोमन क्याथोलिक चर्चका सदस्यको स्वैच्छिक सहयोगनै त्यहाँको प्रमुख आर्थिक स्रोत हो । सन् २०१८ को जनगणना अनुसार भ्याटिकन सिटिको कुल जनसंख्या ८३१ रहेको छ।

२.मोनाको: फ्रान्ससंग सीमा जोडिएको मोनाको संसारमा सबैभन्दा धेरै अर्बपतिको घर मानिन्छ । २ वर्ग किलोमिटर क्षेत्रफलमा सिमित मोनाको विश्वकै दोस्रो सानो देश हो। जुवा खेल्नका लागि संसारका धनाड्यहरु मोनाको पुग्ने गर्छन ।

यो देशलाइ व्यवसायी र सेलिब्रेटीको खेलमैदानका रुपमा चिनिन्छ । ६० हजार जनसंख्या भएका कारण मोनाकोलाइ अत्यधिक जन घनत्व भएको देश मानिन्छ । सन् २०१९ सम्म आइपुग्दा मोनकोको कुल जनसंख्या ३९ हजार ७६ पुगेको छ।

३.नौरु: अष्ट्रेलियाको पूर्वी भागमा पर्ने नौरु टापुमा बनेको संसारको तेस्रो सानो देश हो । नौरुलाई संसारको सबैभन्दा मोटा मानिसको घरका रुपमा लिने गरिन्छ । यो देशमा बस्ने ९७ प्रतिशत पुरुष र ९० प्रतिशत महिला मोटोपनको समस्याबाट पीडित छन् ।

टापु भएका कारण थुप्रै पर्यटक घुम्न आउँछन् । सन् २०१८ को जनगणना अनुसार नौरुको कुल जनसंख्या ११ हजार २ सय १२ रहेको छ। यसको क्षेत्रफल २१ वर्गकिलोमिटर रहेको छ ।

४.टुभालु: २६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको टुभालु प्रशान्त महासागरमा अवस्थित छ । पहिले एलिस आइल्याण्डको रूपमा चिनिने टुभालु अष्ट्रेलियाको पूर्वी भागमा पर्छ । टुभालु संसारको चौथो सानो देश हो। मुख्य टापुमा एउटा मात्र अस्पताल छ ।

कुनै बेला बेलायतको कब्जामा रहेको यो देश सन् १९७८ मा स्वतन्त्र भएको थियो । भौगोलिक अवस्थाका कारण थोरै पर्यटक यो देशमा भित्रिन्छन् । सन् २०१८ को जनगणना अनुसार यो देशको कुल जनसंख्या ११ हजार २ सय ८७ रहेको छ ।

५.सान मारिनो: इटालीले पूर्णरुपले घेरिएको सान मारिनोको क्षेत्रफल जम्मा ६१ वर्ग किलोमिटर छ । सान मरिनो गणतान्त्रिक मुलुक हो । यो संसारको पाँचौं सानो देश हो। यो संसारको सबैभन्दा पुरानो सार्वभौम जीवित राज्य हो भन्ने दावी गरिन्छ ।

सन् २०१८ को जनगणना अनुसार सान मारिनोको जनसंख्या ३३ हजार ६ सयको हाराहारीमा छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: