मगर संघको बैठक जेल्बाङमा, मगर पोषाक अनिवार्य « Nagarik Khabar

मगर संघको बैठक जेल्बाङमा, मगर पोषाक अनिवार्य



काठमाडौं । नेपाल मगर संघको केन्द्रीय समितिको बैठक रोल्पाको जेल्बाङमा बस्ने भएको छ । मगर संघको बैठक यहीं जेठ १० गते जेल्बाङमा बस्ने संघका महासचिव ज्ञानेन्द्र पुनले जानकारी दिए ।

मगर समुदायको बाहुल्य रहेको जेल्बाङ माओवादी जनयुद्धमा सबै भन्दा बढी मानवीय क्षति भोगेको साविकको गाविस हो । जनयुद्धको क्रममा राज्य र विद्रोही पक्षबाट गरी जेल्बाङका ७४ जनाले ज्यान गुमाएका छन् । जेल्बाङलाई सहिद गाउँ भनेर समेत चिनिन्छ ।

बैठकका सहभागीलाई अनिवार्य मगर पोषाक

मगर संघले बैठकमा सहभागीहरुलाई अनिवार्य मगर पोषाकमा उपस्थित हुन निर्देशन गरेको छ । ‘नेपाल मगर संघ केन्द्रीय समितिको यहि मितिः २०७६ जेष्ठ १० गते रोल्पा जिल्लाको ऐतिहासिक मगर बस्ती जेल्बाङमा सम्पन्न हुने एघारौं नियमित पूर्ण बैंठकमा मगरपोशाकमा अनिवार्य उपश्थितिका लागि सबै पदाधिकारी सदस्यहरुलाई हार्दिक अनुरोध गर्दछु’, महासचिव पुनले जारी गरेको परिपत्रमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: