प्रधानमन्त्रीद्वारा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास « Nagarik Khabar

प्रधानमन्त्रीद्वारा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास



धादिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास गरेका छन् । ‍उनले सोमबार धादिङको गल्छीमा अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास गरेका हुन् ।

नेपाल टेलिकमले मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामहरुलाई सूचनाप्रविधि पहुँचमा जोड्न यो योजना सुरु गरेको हो । योजनाअनुसार प्रदेश नम्बर १, २ र ३ को मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तार गरिनेछ ।

टेलिकमले प्रदेश नम्बर १ को पाँचथरको चिवाभञ्ज्याङदेखि गण्डकी प्रदेशको गोरखाको आरुघाटसम्म २ हजार १७९ किलोमिटर अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न लागेको छ ।

अप्टिकल फाइबर बिछ्याउन नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषबाट बजेट उपलब्ध गराउने पनि टेलिकमले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: