बहराइनमा मनाइयो बुद्धजयन्ती « Nagarik Khabar

बहराइनमा मनाइयो बुद्धजयन्ती



बहराइन । प्रवासको ब्यस्त समयलाई मध्यनजर गर्दै गत जेठ ३ शुक्रबार नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बहराइनमा आवद्ध संघसंस्थाले बुद्धजयन्ती मनाएका छन् ।

नेफिन बहराइनमा आवद्ध संस्थाहरु नेपाल मगर संघ, तमु समाज बहराइन, किरात याक्थुङ चुम्लुङ, तामाङ सेवा समाज, किरात राई यायोक्खा, र शेर्पा किदुगको आयोजनामा २५६३औं सम्पन्न भयो ।

कार्यक्रममा बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, दूतावासका नियोग उपप्रमुख खगराज पान्डे, तृतीय सचिव रुस कार्की, नेपाली क्लबका अध्यक्ष कमल श्रेष्ठ, एनआरएनए बहराइनका अध्यक्ष लाल पुन, वरिष्ठ समाजसेवी गमबहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा लामा गुरुहरुबाट पूजापाठ गरिएको थियो । लामा गुरुद्वय केसाङ लामा र दावा छिरिङ लामाले सबैको सुख शान्तिका कामना गर्दै पाठपूजा गरेका थिए ।

नेफिन बहराइनका अध्यक्ष झहरमान थेबेको सभापतित्वमा भएको सञ्चालन महासचिव मिलन राईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: