महोत्तरीमा लाखौं रुपैयाँको मरिच बरामद « Nagarik Khabar

महोत्तरीमा लाखौं रुपैयाँको मरिच बरामद



महोत्तरी । मटिहानी नगरपालिका–७ बाट प्रहरीले २० लाख रुपैयाँभन्दा बढीको मरिच बरामद गरेको छ ।

मटिहानी–७ का महेशप्रसाद साहको पसलबाट २० लाख २५ हजार रुपैयाँ बराबरको कागजात नखुलेको मरिच बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

साहको पसलमा १८ वटा बोरामा २५ किलोको दरले ४५० किलो मरिच लुकाएर राखेको अवस्थामा बरामद गरिएको प्रनाउ खड्काले बताए । बरामद गरिएको मरिच भारत तस्करी गर्ने मनसायले राखिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । बरामद गरिएको मरिच जिल्ला भन्सार कार्यालय, भिट्ठामोडमा बुझाइएको जिप्रकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: