नौ अंकले घट्यो शेयर बजार « Nagarik Khabar

नौ अंकले घट्यो शेयर बजार



काठमाडौं । धितोपत्र बजारमा साताको दोस्रो दिन पनि शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९.१३ बिन्दुले घटेर एक हजार ३०७.७१ अङ्कमा झरेको छ ।

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९९ बिन्दुले घटेर २७९.८० मा घटेको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको ३३ लाख ९८ हजार ६८० कित्ता शेयर एक अर्ब २२ करोड पाँच लाख सात हजार ४८५ रुपैयाँमा खरीद बिक्री भए । कारोवार भएका कूल ११ उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयरमा वृद्धि भएको छ । जलविद्युत् १६.५९ र अन्य २.७६ बिन्दुले बढेको छ ।

बैंकिङ ७.२७, होटल ४.५८, विकास बैंक २०.३५, वित्त १९.९६, निर्जीवन बीमा ११९.२५, उत्पादन ५२.६९, लघुवित्त १६.८२, जीवन बीमा ८५.४४ र सामूहिक लगानी कोष ०.१९ बिन्दुले घटेको छ ।

कारोबार भएका कम्पनीमध्ये शिवम् सिमेन्टको सबैभन्दा बढी मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २५ करोड २१ लाख ६० हजार २९३ रुपैयाँमा कारोवार भएको छ । यस्तै नेपाल बैंक लिमिटेड २३ करोड २१ लाख ९५ लाख ४९८, हिमालयन डिस्टिलरी आठ करोड २९ लाख ५६ लाख ७२१, बुटवल पावर कम्पनी चार करोड ४७ लाख सात हजार ५६७ रुपैयाँमा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार कर्पोरेट डेभलपमेन्ट बैंक ९.९१, मल्टिपर्पोज फाइनान्स कम्पनी ९.७०, सिन्धु विकास बैंक ९.२९, वेस्ट फाइनान्स कम्पनी ९.२८, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९.०९ प्रतिशतले कमाएका छन् । यस्तै, पाँचथर पावर कम्पनी ७.७६, मिथिला लघुवित्त वित्तीय संस्था ७.२५, शिवम् सिमेन्ट ५.४०, रिडी हाइड्रो पावर ५.०५, कन्काई विकास बैंकका शेयरधनीले ४.७६ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: