ए-लेबल टपर निशानको निशाना : नोवेल पुरस्कार (भिडियो कुराकानी) « Nagarik Khabar

ए-लेबल टपर निशानको निशाना : नोवेल पुरस्कार (भिडियो कुराकानी)



काठमाडौं । पोखराका निशान गुरुङले ए लेबल (म्याथ) विषयमा नेपाल टप गरे । अध्ययनशील मात्र नभएर अनुशासित निशानले आफूलाई अब्बल सावित गरे ।

सामान्यतः गुरुङ समुदाय केही पढाई हुनासाथ लाहुरे जाने परम्परा छ । तर, निशानले आफूलाई अध्ययनमा नै मन दिए । ए लेबल (म्याथ) विषयमा नेपाल टप गर्न सफल भए ।

आफुलाई संयमित गर्दै अनुशासन र लगनशील भएर पढ्दा सफलता हात लाग्ने उनको बुझाई छ । अझ घरको वातावरण पनि पढाईका लागि उपयुक्त बनेकाले आफूले पढाईमा सफलता हात लगाउन सफल भएको उनी बताउँछन् ।

अबको दिनमा विदेश गएर अध्ययन गर्ने र विदेशमा सिकेको ज्ञान र सीपलाई नेपालमा सदुपयोग गर्ने लक्ष्य उनले राखेका छन् । साइन्स र म्याथ विषय गहन अध्ययन गरेर नोवेल पुरस्कार हात पार्दै इतिहासमा नाम लेखाउने उनले उद्देश्य राखेका छन् ।

हेर्नुहोस पूरा भिडियो अन्तर्वार्ता-

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: