काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनवर्गीय संगठन युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले युवा शक्तिलाई देश विकासमा लाग्ने अभियान चलाउने बताएका छन् ।
नागरिकखबर डटकमसँग कुराकानी गर्दै दीपशिखाले हरेक क्षेत्रमा क्रियाशील युवा शक्तिले राज्यका लागि निःशुल्क काम गर्ने वातावरण बनाउन पहल गर्ने बताएका छन् । राज्यकै तर्फबाट एउटा संरचना तयार गर्ने र त्यसलाई राज्यका विभिन्न विकास निर्माणमा परिचालन गर्न सकिने उनको भनाइ छ ।
अदक्ष जनशक्ति मात्र नभएर दक्ष जनशक्ति समेत विदेश पलायन भएकाले त्यसलाई रोक्ने गरी नयाँ योजना बनाउने तयारी आफूले गरेको उनले बताए । बेरोजगार युवाले आग्रह गरेमा देशभित्रै आफूले स्वरोजगार बन्ने गरी रोजगारीको प्रत्याभूत गर्ने उनको तर्क छ ।
तर त्यसका लागि सरकारले विभिन्न संरचनात्मक काम गर्नुपर्नेमा उनले जोड दिए । संयोजक दीपशिखाले आफूलाई दुई अध्यक्षले प्रष्टीकरण लिएको भन्ने कुरा गलत भएको बताए ।
भिडियो कुराकानी