युक्रेनी राष्ट्रपति जेल्सेन्स्कीद्वारा संसद विगठन « Nagarik Khabar

युक्रेनी राष्ट्रपति जेल्सेन्स्कीद्वारा संसद विगठन



एजेन्सी । युक्रेनमा नवनिर्वाचित राष्ट्रपति भलादमिर जेल्सेन्स्कीले संसद भंग गरेका छन् । नयाँ रास्ट्रपतिको रुपमा सपथ ग्रहण गरेलगत्तै उनले सो संसद भंग गरेका हुन् ।

जेल्सेन्स्की सपथ ग्रहणका लागि जनतासँगै हिँडेर संसद भवन पुगेका थिए । सपथ ग्रहणका लागि जाँदै गर्दा सडकमा उनले सर्वसाधरणहरुसँग सेल्फी खिचाए।

निर्वाचनका बेला देशको पूर्वी क्षेत्रमा रसियन समर्थकसँग भएको युद्ध रोक्ने प्रतिवद्वता जनाएका जेल्सेन्स्कीले युक्रेनको राजनीतिमा ठूलो कदम चालेका छन् । युक्रेनको पूर्वी क्षेत्रमा रुस समर्थक र सेनाबीच पाँच वर्षदेखि भिडन्त भैरहेको छ ।

‘म सबै कुरा गर्न तयार छु । ताकि हाम्रा नायकहरू पूर्वी क्षेत्रमा मर्न दिइने छैन,’ उनले संसद भंग गर्दै भने, ‘म आफ्नो लोकप्रियता हराउन तयार छु र यदि आवश्यक पर्यो भने शान्ति स्थापनाका लागि मेरो पद गुमाउन पनि तयार छु ।’

जेल्सेन्स्कीले गत महिना राष्ट्रपतिको चुनावमा ७३ प्रतिशत मत प्राप्त गरी विजयी भएका थिए । वर्षौंसम्म उनले लोकप्रिय टेलिभिजन कार्यक्रममा युक्रेनी राष्ट्रपतिको भूमिकामा अभिनय गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: