बेल्जियमको प्रदेश संसदमा नेपाली मुलका एक्ला उम्मेदवार वीरमान घर्तिमगर « Nagarik Khabar

बेल्जियमको प्रदेश संसदमा नेपाली मुलका एक्ला उम्मेदवार वीरमान घर्तिमगर



बेल्जियम । मे २६ तारिख २०१९ मा बेल्जियमको प्रदेश संसद, संघिय संसद र बेल्जियमको तर्फबाट युरोपियन संसदमा प्रतिनिधित्व गर्ने युरोपियन सांसदको निर्वाचन हुँदैछ । सो निर्वाचनमा नेपाली मुलका एक्ला उम्मेदवारका रुपमा रोल्पाका वीरमान घर्तीमगर उभिएका छन् ।

अहिले आएर बेल्जियमको राष्ट्रिय राजनितिक पार्टीमा प्रतक्ष सहभागी हुने र स्थानीय तहको निर्वाचनमा भाग लिने नेपालीहरु बढिरहेको देखिएपनि घर्तिमगरले सबैभन्दा पहिले र माथिल्लो तहमा २०१० मा नै प्रदेश सांसदको लागि भाग लिएका थिए ।

४८ वर्ष पहिले रोल्पाको घुसबाङमा जन्मेका वीरमान सन् २००१ मा बेल्जियम आएका हुन । नेपाल हुँदा कराँतेको राष्ट्रिय खेलाडीको रुपमा राष्ट्रब्यापी राष्ट्रिय प्रतिस्पर्धा र सार्क स्तरीय प्रतिस्पर्धामा स्वर्ण पदक बिजेता अब्बल राष्ट्रिय खेलाडी थिए । वीरमान राष्ट्रिय कराँते खेलाडी मात्रै नभएर उनी फिल्म क्षेत्रमा पनि उतिकै सक्रिय रहेकाले सीमारेखा फिल्मको द्धन्द निर्देशनमा मौसमी पिक्चर अवार्डले समेत सम्मानित भएका थिए ।

रोजगारको लागि बेल्जियम आगमनपश्चात् पनि नेपालीहरुको सामाजिक संघसंस्थाहरुमा आवद्ध रहेर नेपाली समाजका लागि केही गरौं भन्ने भावना भएका घर्तिमगर सुरुदेखि नै प्रगतिशिल समुहसँग नजिक हुने अनुकुलता मिलेकोले नेपाली जनप्रगतिशिल मञ्च, बिश्व मगर सामाज बेल्जियम, मगर मुक्ति मोर्चा, एनआरएन लगाएतको संघसंस्थाहरुमा निरन्तर सक्रिय रहँदै आएको छ ।

राजनीतिमा चासो राख्न थालेदेखि बेल्जियमको राजनीतिक पार्टीहरुको पनि बैचारिक आधार बुझेर बेल्जियमको पार्टीहरुमा माक्र्सवाद र लेनिलबादलाई मार्ग निर्देशक सिद्धान्तको रुपमा मान्ने मजदुर श्रमिक पार्टी पिभिडिएको सदस्यता लिई २०१०, २०१४ र अहिले २०१९ मा पनि लगातार सोही भ्लाम्स प्रदेश सभा सदस्यको लागि लुभेन प्रोभिन्स क्षेत्रबाट उठेका छन् ।

अक्टोबरमा भएको स्थानीय निर्वाचनमा नेपाली मुलका धेरैजनाले बिभिन्न पार्टीबाट उठेका कारण जित्न सकिने आधार हुँदाहुँदै हारेका थिए भने अहिले प्रदेश र संघमा बिरमान बाहेक अरु कोही उठेका छैनन् । पुर्ण समानुपातिक तर पार्टीले पाएको मतमा ब्यक्तिको पपुलर मतको आधारमा छानिने निर्वाचन प्रणाली भएकोले बिगतको अनुभवअनुसार सबै नेपालीले एक जनालाई भोट दिएमा जित्न सकिने सम्भावना पनि रहेको विश्लेषकहरु बताउँछन् ।

जम्मा १२४ सदस्यीय भ्लाम्स संसदमा लुभेन क्षेत्रमा बढी नेपालीहरुको बसोबास गरेको क्षेत्र पर्दछ । अरु कुरामा बिभाजित जस्तो देखिए पनि मतदानको सवालमा सबै नेपालीको एकता र माया रहने गरेको पाइएको ।

यहाँको आवधिक निर्वाचन हरेक पाँच वर्षमा हुने गर्छ । यसभन्दा अघि २०१४ मा यस खालको निर्वाचन भएको थियो भने यहाँको नगरपालिका, क्षेत्रीय र जिल्लाको भने गत अक्टोबर १४ , २०१८ मा सम्पन्न भैसकेको छ ।

बेल्जियमको राज्य संरचना अनुसार निर्वाचन क्षेत्र, प्रदेश, स्थानिय निकाएको बिभाजन भाषिक र क्षेत्रीय रुपमा गरिएको छ । बेल्जियमको राष्ट्रिय भाषाको रुपमा फ्रेन्च, नेदरल्याण्ड र जर्मन भाषालाई मान्यता दिएका छन् । भाषिक रुपमा मुख्य रुपमा प्लामिस, वालोनिया र जर्मन भाषी गरी तीन प्रदेशहरु छन भने क्षेत्रीय रुपमा राजधानी ब्रसेल्सलाई एक प्रदेश मानिएको छ ।

स्थानीय निकायको रुपमा फ्लामिसमिस प्रदेशमा पाँच क्षेत्रीय ९प्रोबिन्स०, तीन सय नगरपालिकाहरु छन भने फ्रेन्च प्रदेशमा पाँच क्षेत्रिय ९जर्मन भाषिक समेत० ९प्रोभिन्स० र दुईसय बयसठ्ठि नगर पालिकाहरु पर्दछन् । ब्रसेल्स प्रदेशमा क्षेत्रिय र जिल्ला बिनाको १९ नगरपालिकाहरु पर्दछन् ।

जिल्लाकोे रुपमा आन्तोर्पेन जोनमा मात्रै नौ वटा मान्यता दिएका छन भने ब्रसेल्सको हकमा राज्य पुनसंरचनाको लागी धेरै बिबाद जारी नै रहेको छ । जसको कारणले २०१०को आम निर्वाचन पछि केन्द्रिय सरकार गठन गर्न ५४१ दिन कुर्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: