भिजिट नेपाल-२०२० को प्रचार गर्दै ब्रसेल्समा २० किलोमिटर दौडिए राजदूत « Nagarik Khabar

भिजिट नेपाल-२०२० को प्रचार गर्दै ब्रसेल्समा २० किलोमिटर दौडिए राजदूत



बेल्जियममा ऐतिहासिक रूपमा लिइने बार्षिक २० किलोमिटर ४०औ ब्रसेल्स दौड प्रतियोगितामा भिजिट नेपाल २०२० को प्रचार गर्दै ब्रसेल्समा बेनेलक्स र यूरोपियन युनियनका लागि राजदुत लोकबहादुर थापा २० किलोमिटर दौडिएका छन ।

हरेक वर्ष आयोजना हुने सो प्रतियोगितामा १३१ मुलुकका धावकहरू सहभागी थिए । सोही अबसरमा राजदुत थापा सहित ४१ नेपाली धावकरू २० किमी दुरी भिजिट नेपाल २०२० लोगो अंकित टिसर्ट लगाएर प्रचारात्मक सहभागिता जनाएका हुन् ।

नेपाली टिमका सयोजक सुरेश कुमार कोरंगी गुरुङ्ग थिए । दौड कार्यक्रममा जनप्रगतिशील मंच बेल्जियमका अध्यक्ष जित लामा, तमू समाज बेल्जियमका अध्यक्ष नन्दकुमारी गुरुङ्ग, पुर्बअध्यक्ष टंकप्रसाद गुरुङ्ग, खेलाडी संघ बेल्जियमको अध्यक्ष किसन केसी, नेपाली व्यवसायी संघ बेल्जियमका महासचिब मदन दवाडी, अन्तराष्ट्रीय साहित्य समाजका निवर्तमान अध्यक्ष बिमल गिरी, ब्रुसेल्स मिलन केन्द्रकी महासचिब श्रृजना कार्की लगायत संघसंस्थाबाट उपस्थिति जनाई नेपाली धावकहरूलाई उत्साहित बनाएका थिए ।

नेपाल भ्रमण बर्ष २०२० लोगो अंकित टिसर्ट दुताबास बेल्जियमले उपलब्ध गराएको थियो, जुन निक्कै आकर्षणको केन्द्र बनेको थियो । स्वस्थ्य रहन आयोजना हुने ब्रसेल्स दौड प्रतियोगितामा नेपालीको ब्यापक सहभागिता र भ्रमण बर्ष २०२० को प्रचार १५ लाख बढी बिदेशीले अबलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: