दोलखा । शक्तिको आडमा सुन्दर पर्यटकीय क्षेत्र कालिञ्चोकमा सार्वजनिक जग्गा कब्जाले तीव्रता पाएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ।
जिल्लास्थित स्थानीय तह र सरकारी निकाय दुवै शक्तिशाली व्यक्तिहरूका अगाडि निरिह बन्दा कालिञ्चोकमा सार्वजनिक जग्गा कब्जा गरेर अतिक्रमण गर्ने काम बढेको हो।
पर्यटकको चापका कारण कालिञ्चोक क्षेत्रको भविष्य उज्ज्वल देखेकाहरूले जग्गा अतिक्रमण अत्यधिक रूपमा बढाएका हुन्। जग्गा कब्जा गर्नेमा यहाँ सञ्चालित एउटा निजी केबल कार कम्पनी साथै स्थानीयसमेत छन्।