तरकारीमा ५ तह बिचौलिया, गोलभेंडाको मूल्य पाँच बर्ष यताकै उच्च « Nagarik Khabar

तरकारीमा ५ तह बिचौलिया, गोलभेंडाको मूल्य पाँच बर्ष यताकै उच्च



काठमाडौं । सरकारले किसान र उपभोक्तालाई राहत दिने गरी तरकारी बजार व्यवस्थित गर्ने बताए पनि बिचौलियाको बिगबिगी नहटेको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

सरकारले करिब ९ महिनाअघि र आइतबार राति गरेको बजार अनुगमनमा समस्या उस्तै पाइएको हो ।

किसानले उत्पादन गरेको तरकारी अझै पाँच तह पार गरेर मात्र उपभोक्तासम्म पुग्ने गरेको अनुगमनले देखाएको छ । हरेक तहमा मूल्य बढ्दा तरकारी महँगो हुने गरेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तयार पारेको प्रतिवेदनअनुसार गोलभेंडाको मूल्य पाँच बर्ष यताकै उच्च बिन्दुमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: