आज चर्को घाम लाग्ने गर्मी बढ्ने ! « Nagarik Khabar

आज चर्को घाम लाग्ने गर्मी बढ्ने !



काठमाडौं । आज देशभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिनभर देशभरको मौसम सफा रहेने र चर्को घाम लाग्ने भएकाले गर्मी बढ्ने सम्भावना रहेको सो महाशाखाले जनाएको छ । बेलुकातिर भने केही स्थानमा बदली भई मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । यस्तै हावाहुरी चल्न सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

यस्तो छ तीन दिनको मौसम सम्बन्धी विवरणः
 

जेष्ठ ०७ गते (मङ्गलबार)

दिउँसो देशका अधिकांश भूभाग सामान्यतया सफा रही अपरान्ह पछि बदलि भई केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।राति देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमी पहाडी भूभाग आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

जेष्ठ ०८ गते (बुधबार)

दिउँसो देशका अधिकांश भूभागमा आंशिक बदलि रही अपरान्हपछि सामान्य बदलि भई केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।राति देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।

जेष्ठ ०९ गते (बिहिबार )

दिउँसो देशका अधिकांश भूभागमा आंशिक बदलि रही अपरान्ह पछि सामान्य बदलि भई केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।राति देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: