विवेकले उडाए ऐश्वर्याको धज्जी, पक्राउ गर्न कांग्रेसको माग « Nagarik Khabar

विवेकले उडाए ऐश्वर्याको धज्जी, पक्राउ गर्न कांग्रेसको माग



एजेन्सी । बलिउड अभिनेता विवेक ओबरायले सामाजिक सञ्जालमा एक एग्जिट पोलसँग सम्बन्धित एक मीम शेयर गरेका थिए । उक्त पोस्ट सामाजिक सञ्जालमा आगो जसरी फैलिरहेको छ । पोष्टका कारण विवेक विवादमा फसेका छन् । उनको व्यापक आलोचना हुन थालेको छ ।

मीममा उनले आफ्नो पूर्व गर्लफ्रेन्ड ऐश्वर्या राय बच्चनको सम्बन्धको धज्जी उडाएका छन् । उनले पोष्ट गरेको तस्विरमा बलिउड नायिका ऐश्वर्यालाई सलमान खान, विवेक ओबरोय र अन्तिममा श्रीमान अभिषेक बच्चन, छोरी आराध्या बच्चनसँग देखाइएको छ । तस्बिरमा लेखिएको छ, ‘ओपिनियन पोल, एग्जिट पोल–नतिजा ।’

विवेकले योष्ट सेयर गर्नासाथ अनेकौं प्रतिक्रिया आइरहेका छन् । अभिनेत्री सोनम कपुर, खेलाडी ज्वाला गुट्टा र थुप्रै पत्रकारले यो ट्वीटलाई लज्जास्पद भएको बताएका छन् । अभिनेत्री सोनम कपुरले ‘सबैभन्दा खराब र क्लासलेस’ भनेर कमेन्ट गरेकी छिन् ।

महाराष्ट्रको नेशनल कांग्रेस पार्टी (एनसीपी)ले समेत विवेकको पोष्टमा कडा आपत्ति जताएको छ । एनसीपीले विवेको ट्वीटमा प्रश्न उठाउँदै भनेको छ, ‘एक पद्मश्री सम्मानित व्यक्तिका लागि यस्तो भाषाको प्रयोग कसरी गर्न सक्छ । राष्ट्रिय र राज्य महिला कमिशन के गरिरहेको छ ?’

भारतको राष्ट्रिय महिला आयोगले पनि उनलाई एक नोटिस पठाएर यसबारे स्पष्टिकरण मागेको पनि भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: