सरकारलाई कांग्रेसले संस्कार सिकाउने « Nagarik Khabar

सरकारलाई कांग्रेसले संस्कार सिकाउने



सिन्धुली । नेपाली कांग्रेसका नेता तथा पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहले अहिलेको सरकारलाई नेपाली कांग्रेसले लोकतान्त्रिक संस्कार सिकाउने बताएका छन् ।

सरकारले चालेका पछिल्ला गतिविधि अलोकतान्त्रिक भएको भन्दै उनले प्रतिपक्षको तर्फबाट सरकारलाई लोकतान्त्रिक संस्कार सिकाउने बताएका हुन् ।

सोमबार सिन्धुलीमाढीमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले सरकार अलोकतान्त्रिक भएको र जनभावनाविपरीत विभिन्न गतिविधि गर्दै आएकाले सरकारलाई लोकतान्त्रिक संस्कार सिकाउन कांग्रेसले रचनात्मक भूमिका खेल्ने बताए ।

संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक सरकारले फिर्ता लिनुपर्ने उनले बताए ।

उनले अहिले देशमा भ्रष्टाचार, अत्याचार बढ्दै गएको सुशासन कायम नभएको समेत बताए । सरकारका बेथितिविरुद्ध नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान शुरु गरेकाले साथ दिन समेत उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: