उत्तर कोरियाली महिलालाई चीनमा जवर्जस्ती यौनदासी बनाइदै « Nagarik Khabar

उत्तर कोरियाली महिलालाई चीनमा जवर्जस्ती यौनदासी बनाइदै



एजेन्सी । उत्तर कोरियाली महिला तथा बालिकाहरूलाई चीनमा यौन व्यवसायमा सामेल गराइएको एक अधिकारवादी समूहले विवरण सार्वजनिक गरेको छ । लन्डनस्थित ‘कोरिया फ्युचर इनिसियटिभ’ नामक समूहले दिएको विवरणमा हजरौ उत्तर कोरियाली महिला बालबालिकालाई यौन व्यवशायमा संलग्न गराइएको उल्लेख छ ।

सो समूहले उत्तर कोरियालीहरूलाई अपहरण गरिन्थ्यो र यौनकर्मीका रूपमा बेचिन्थ्यो वा चिनियाँ पुरुषसँग बिहे गर्न बाध्य पारिन्थ्यो भन्दै आफ्नो प्रतिवेदन पीडितहरूबाट सङ्कलन गरिएका विवरणमा आधारित भएको दावी समेत गरेको छ । समूहले उक्त बेचबिखनको कारोबार आपराधिक संगठनहरूका लागि वार्षिक दश करोड डलर बराबरको रहेको बताएको छ ।

सो समूहका अनुसार अधिकांश मामिलामा ती महिला फस्ने गर्थे किनकि भेट्टाउनासाथ चीनले उत्तर कोरियालीलाई स्वदेश फर्काइदिने गर्छ जहाँ उनीहरू यातना खेप्न बाध्य हुन्छन्।‘पीडितहरूलाई जम्मा ३० युआन वा करिब सवा चार डलर मा यौन व्यवसायमा लगाइन्छ भने जम्मा एक हजार युआनमा पत्नी बनाएर बेचिन्छ। उनीहरूलाई विश्वव्यापी अनलाइन दर्शकका निम्ति साइबर यौन सञ्चालकहरू कहाँ पुर्‍याइन्छ,’ प्रतिवेदनका लेखक युन हिसुनले भनेका छन् ।

ती महिला तथा बालिकाहरू सामान्यतयाः १२ र २९ वर्ष बीचको उमेरका रहेको जनाइएको छ । उनीहरूलाई चीनमै अपहरण गरिन्छ वा उत्तर कोरियाबाटै बेचबिखनकर्ताहरूले ल्याउँछन् भन्ने बारेमाचाहि केही उल्लेख छैन । प्रतिवेदनका अनुसार आफ्नो देश छाडेको वर्षदिनभित्र तिनलाई कुनै न कुनै किसिमको यौन दासीको रूपमा काम गर्न बाध्य पारिन्छ।

कतिपयलाई एकपटक भन्दा धेरै पटक बेचिने गरेको पनि समूहले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरेको अन्र्तराष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ ।धेरै आप्रवासी कामदारको संख्या भएको चीनको उत्तरपूर्वी क्षेत्रमा रहेका वेश्यावृत्ति गराइने ठाउँहरूमा अधिकांशलाई दासको रपमा राखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: