सत्तारुढ दलका सांसद मोदीलाई कुलमानको चुनौती- भ्रष्टाचार प्रमाणित भए झुण्डिएर मर्छु « Nagarik Khabar

सत्तारुढ दलका सांसद मोदीलाई कुलमानको चुनौती- भ्रष्टाचार प्रमाणित भए झुण्डिएर मर्छु



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका छन् ।

कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरणभित्र भ्रष्टाचार भए/नभएको सत्यतथ्यबाहिर ल्याउन छानबिन समिति गठन गरिएको स्पष्ट पारे ।

मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा टंकलाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा नौ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोप लगाएपछि घिसिङले त्यो आरोप प्रमाणित भए आफू झुण्डिएर मर्न तयार रहेको चेतावनी दिएका हुन्।

कार्यकारी निर्देशक घिसिङले सांसद मोदीलाई सांसद भए भन्दैमा जथाभावी आरोप लगाउने काम नगर्न पनि सचेत गराए । उनले प्राधिकरणले बिलिङ गर्दा कुनै गल्ती गरेको भए त्यसलाई छानबिन गरेर सत्यतथ्यबाहिर ल्याउन दुई वटा छानबिन समिति गठन गरेर कामलाई अघि बढाइएको प्रष्टीकरण दिए ।

यता समितिका सदस्य एवं सत्तारुढ नेकपाका सांसद मोदीले कार्यकारी निर्देशक घिसिङले आफूले लोडसेडिङमुक्त गरेको दम्भ देखाएर भ्रष्टाचार गरिरहेको आरोप लगाए । उनले त्रिशुली जलविद्युत आयोजनाको काम रोके लगेर थुनिदिने चेतावनी दिने अधिकार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई कसले दियो भनी प्रश्न उठाएका थिए । सांसद मोदीले कार्यकारी निर्देशक घिसिङ भ्रष्टाचारमा मुछिएको दावी गर्दै तत्काल छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गरे ।

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा टं«कलाइनबाट विद्युत उपयोग गर्ने उद्योगीहरुबाट बक्यौता रकम असुली गर्ने पत्राचार गरेपछि त्यो कानुनसम्मत नभएको भन्दै उद्योगी व्यापारीहरुले पनि विरोध गर्दै आएका छन । यता, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने नियमअनुसारनै तिर्नुपर्ने शुल्क तिर्न उद्योगी÷व्यवसायीहरुलाई पत्राचार गरिएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: