पाँचथर हत्या प्रकरण : आरोपित ज्वाइँ पनि मृत फेला « Nagarik Khabar

पाँचथर हत्या प्रकरण : आरोपित ज्वाइँ पनि मृत फेला



पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ आरुबोटेमा नौ जनाको हत्याको घटनामा ज्वाइँ पर्ने मानबहादुर माखिमको संलग्नता रहेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

हत्या घटनामा आशंका गरिएका माखिमको घरभन्दा झण्डै दुई घण्टाको पैदल दूरीमा पर्ने लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

मानबहादुर माखिम धनराज शेर्माका साढुभाइ र बमबहादुर फियाकका ज्वाइँ हुन् ।

श्रमीमतीसँग सम्बन्ध बिग्रिएको रिसमा मानबहादुरले सबैको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा कुनै पनि हतियार फेला नपरेको र अनुसन्धान जारी रहेको प्रहरीले नागरिक खबरलाई जानकारी दिएको छ ।

गएराति भएको घटनामा दुई घरका ९ जनाको हत्या भएको थियो । हत्या हुनेमा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।

त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको हत्या भएको थियो । 

पाँचथरमा ९ जनाको हत्या, भागेर बाँच्न सफल भइन् १२ वर्षीया सीता

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: